Close

    राष्ट्रीय न्यायिक डेटा ग्रिड

    njdg

    एनजेडीजी, ई-अदालत परियोजनाको तत्वावधानमा लागू गरिएको फ्ल्यागशिप परियोजना हो, जसलाई भारत सरकारको व्यवसायिक पहल गर्न सहज अन्तर्गत एक महत्वपूर्ण नवीनताको रूपमा मान्यता प्राप्त छ। पोर्टल देशको सबै जिल्ला र तालुका अदालतहरूमा निर्णय न भएका र निर्णय भई सकेका मुद्दाहरु सम्बन्धी डेटाको एक राष्ट्रिय भण्डार हो। पोर्टल लोचदार खोज शिल्पविज्ञानको अवधारणाको वरिपरि विकसित गरिएको छ जसकारण कुशल मुद्दा व्यवस्थापन र मुद्दाहरूको निगरानी सक्षम पार्नका साथै मुद्दाहरूको प्रभावकारी ढंगले निस्कर्षमा पुर्याउन सकिन्छ।

    पोर्टलमा अपलोड गरिएको डाटालाई भेट्न र विश्लेषण गर्न सकिन्छ: –
    श्रेणी अनुसार
    वर्ष-अनुसार
    राज्य-अनुसार
    संस्थाहरुमा मासिक मुद्दाहरूको निर्णय अनुसार
    एक मुद्दाको मूल / अपील / कार्यान्वयन चरण सम्म
    ढिलाइका कारणहरू

    एनजडीजीले देश भरिका सबै अदालतहरुमा स्थापित मुद्दाहरु, निस्कर्षमा पुगेका मुद्दाहरु र निर्णय न भएको मुद्दाहरुको तथ्यांक दिन्छ। यी तथ्यांकहरु प्रत्येक दिन सम्बन्धित अदालतहरूले अपडेट गर्दछन्। वेबसाइटले दर्ता भएका मुद्दा लगायत निर्णय न भएका मुद्दाहरुको संख्या देखाउँदछ। भ्रमणकर्ताले हर एक मुद्दा को जानकारी प्राप्त गर्न सक्छन। निस्कर्षमा न पुगेका मुद्दाहरुलाई सिभिल र फौजदारी क्षेत्र बीचमा विभाजित गर्न सकिन्छ र आयु वर्ग जस्तै १० वर्ष पुरानो मुद्दा, वा ५ देखी १० वर्ष पुरानो मुद्दा आदिमा विभाजन गर्न सकिन्छ। राष्ट्रिय, राज्य र जिल्ला स्तरमा चल्दै गरेका मुद्दाहरुको डाटा खुला र सार्वजनिक डोमेनमा छन्।
    राष्ट्रिय न्यायिक डाटा ग्रिड (भारतको उच्च अदालतहरु)

    राष्ट्रिय न्यायिक डाटा ग्रिड (भारतको जिल्ला र तालुका अदालतहरू)