Close

    एनस्टेप

    परम्परागत विधिद्वारा सम्मन र प्रक्रियाको सेवाको कारण प्रायः मुद्दाहरुको छिट्टो निस्कर्षमा ढिलाइको कारण हुन्छ। एनएसटीईपी एक केन्द्रीकृत प्रक्रिया सेवा ट्र्याकिंग अनुप्रयोग हो जुन वेब अनुप्रयोग र प्रक्रियालाई सुचारु गर्नका लागि डिजाइन गरिएको एक पूरक मोबाइल अनुप्रयोग हो। एनएसटीईपी मोबाइल अनुप्रयोग जुन बेलीफ र प्रक्रिया सर्वरहरूलाई प्रदान गरिएको छ तेस्ले वास्तविक समयमा नोटिसहरू र सम्मनहरूको सेवाको पारदर्शी ट्र्याकिंग सक्षम बनाउदछ। एकपटक प्रक्रिया सम्बन्धित न्यायालयले सीईएस सफ्टवेयर मार्फत अपनाएपछि, यो एन्स्तेप वेब अनुप्रयोगमा विद्युतीय ढाँचामा उपलब्ध हुनेछ। एनएसटीईपी वेब अनुप्रयोगले बेलीफको निम्ति प्रकाशित प्रक्रियाहरूको बाँडफाँड सक्षम गर्दछ जब सेवा उनीहरूको कार्यक्षेत्र भित्र प्रभावकारी गर्नु पर्दा। यसले अन्तर-जिल्ला वा अन्तर-राज्य सम्बन्धी न्यायालयहरुमा प्रकाशित प्रक्रियाहरुको आवंटन गर्न सहयोग पुर्‍याउँछ।

    बेलिफहरूले एनएसटीईपी मोबाइल अनुप्रयोगमा अवंटित प्रक्रियाहरू हेर्न सक्दछन्। एन्ड्रोइड स्मार्ट फोन बेलीफहरुलाई प्रदान गरिएको छ जुन न्यायालयको सेवा मोड्युलको साथ एकीकृत छ। बेलीफहरूले जीपीएस स्थान, रिसीभरको फोटो वा परिसर कब्जा गर्न सक्छन [जहाँ सेवा प्रदान गर्न कोही पनि उपलब्ध छैन], रिसीभरको हस्ताक्षर र सेवा प्रभाव नहुनुका कारणहरूको स्पट रेकर्ड राख्न सक्छन। क्याप्चर गरिएको डाटा तत्काल केन्द्रीय एनएसटीईपी अनुप्रयोगमा पठाइन्छ। एनएसटीईपीबाट वेब अनुप्रयोग डाटा सीआईएसको लागी पठाइन्छ जसले न्यायलयलाई सेवाको स्थिति ट्र्याक गर्न सक्षम बनाउ छ।एनएसटीईपीले यस प्रकार निम्न महत्त्वपूर्ण लक्ष्यहरू पूरा गर्दछ:

    • सूचना / सम्मनहरु लाई इलेक्ट्रोनिक रूपमा वितरण गर्न सक्षम बनाउ छ।
    • टाढाका स्थानहरूबाट वास्तविक-समयमा अपडेटहरूको पोष्टिंग र रेकर्डिंग गर्छ जसले गर्दा प्रक्रिया र सेवामा हुने साना ढिलाइहरू कम गर्दैछ।
    • पोष्ट द्वारा अन्तर-जिल्ला वा अन्तर-राज्य प्रक्रियाको लागि आवश्यक समयलाई इलेक्ट्रॉनिक रूपमा यसलाई सेवारत गरेर कम गर्दछ।
    • प्रक्रिया र सबै सरोकारवालाहरु द्वारा समन को सेवा को पारदर्शी ट्र्याकिंग गर्न सकिन्छ।
    • भुवन नक्शा (भारतको भू-प्लेटफर्म इसरो द्वारा विकसित गरिएको) हो जसबाट ज्प्स कनेक्टिविटी गर्न सकिन्छ।