Close

    ई-अदालत सेवाहरूको मोबाइल अनुप्रयोग

    ECourts APP

    ई-अदालत सेवाहरूको मोबाइल अनुप्रयोगले देशको क्रान्तिकारी अदालत सूचना उपकरणको रूपमा डिजिटल इंडिया पुरस्कार प्राप्त गर्‍यो। ई-अदालत सेवा मोबाइल अनुप्रयोग गुगल अनुप्रयोग स्टोर र एप्पल अनुप्रयोग स्टोरमा उपलब्ध छ। मुद्दाको स्थिति, मुद्दाहरुको दैनिक सुची, अदालतका आदेशहरू यस मोबाइल अनुप्रयोग मार्फत भेट्न सकिन्छ, यी सेवाहरू २४x७ घण्टा उपलब्ध छन्। यो न्यायपालिकाका सदस्यहरु, अधिवक्ताहरु, मुद्दा चलाउनेहरु, पुलिस, सरकारी एजेन्सीहरु र अन्य सरोकारवालाहरुको लागी उपयोगी उपकरण हो। यसले अदालत प्रणालीमा चलि रहेका मुद्दाहरू सम्बन्धित डाटालाई सीएनआर [जिल्ला वा तालुका अदालतमा पेश गरिएको प्रत्येक मुद्दालाई दिएको विशिष्ट संख्या], पक्षहरूको नाम, अधिवक्ताहरूको नाम, एफआईआर नम्बर, मुद्दाको प्रकार वा प्रासंगिक ऐन मार्फत पुनः प्राप्त गर्न सहयोग पुर्‍याउँछ।

    जिल्ला र तालुका अदालतहरूको लागि राष्ट्रिय न्यायिक डाटा ग्रिड (एनजडीजी) मा उपलब्ध डाटा अब यो मोबाइल अनुप्रयोग मार्फत भेट्न सकिन्छ। डाउनलोड संख्या ४६,५०,००० (४.६५ मिलियन) भन्दा बढी पुगेको छ र यसले यस अनुप्रयोगको लोकप्रियता र उपयोगितालाई देखाउदछ।

    अनुप्रयोगलाई क्युआर कोड सुविधाको साथ अपडेट गरिएको छ। एक प्रयोगकर्ताले परिणाम स्वरूप केवल क्युआर कोड स्क्यान गरेर मोबाइल फोनमा मुद्दाको विवरणहरु प्राप्त गर्न सक्दछ। क्युआर कोड ई-अदालतको वेबसाइट र सेवाहरूको मोबाइल अनुप्रयोगबाट प्राप्त गर्न सकिन्छ। यसले एक ‘मुद्दाको इतिहास’ सुविधा पनि समाहित गर्दछ जसले सम्बन्धित मुद्दामा भएका सबै घटनाहरू हेर्नको लागि सक्षम बनाऊदछ र कुनै विशेष मुद्दामा क्रमशः यसको पहिलेको सुनुवाईको समयदेखि हालको स्थितिमा पारित आदेशहरू भेट्न सकिनछ।लिंकहरू अनुप्रयोगमानै प्रदान गरिएकोछ जसलाई प्रयोग गरेर मुद्दाहरुमा पारित अन्तिम निर्णय र आदेशहरु हेर्न सकिन्छ। मिति मुद्दा सूची सुविधाले अधिवक्ताहरूको लागि दैनिक मुद्दा को सुहि निकाल्नमा सुविधा प्रदान गर्दछ।

    यसलाई गुगल प्ले स्टोरमा पाउनुहोस्

    अनुप्रयोग स्टोरमा पाउनुहोस्

    यहाँ क्लिक गर्नुहोस् ई-अदालत सेवाहरूको मोबाइल अनुप्रयोगको मार्गदर्शिकाको लागि:
    अंग्रेजी
    १ हिन्दी
    २ कन्नड
    ३ मराठी
    ४ मलयालम
    ५ नेपाली
    ६ उडिया
    ७ पंजाबी
    ८ तामिल
    ९ तेलगु
    १० गुजराती