Close

    भर्चुअल अदालतहरू

    vcourt

    भर्चुअल अदालतहरू एउटा एस्तो अवधारणा हो जसले अदालतमा पक्षहरु वा वकिलको उपस्थिति हटाउन र भर्चुअल प्लेटफर्ममा मुद्दाको फैसला गर्न को निम्ति बनाइएको हो। अदालतको श्रोतको प्रभावकारी उपयोग गर्न र साना विवादहरूको समाधानका लागि पक्षहरुलाई एक प्रभावकारी अवसर प्रदान गर्न यो अवधारणाको विकास गरिएको हो। भर्चुअल अदालत एक न्यायाधीश द्वारा भर्चुअल इलेक्ट्रोनिक प्लेटफर्ममा प्रशासित गर्न सकिन्छ जसको कार्यक्षेत्र सम्पूर्ण राज्यमा विस्तार हुन सक्छ र २४x७ घण्टा कार्य गर्न सक्छ। कुनै पनि पक्षहरु वा न्यायाधीशले प्रभावी निर्णय र समाधानका लागि शारीरिक रुपमा अदालत जानु पर्दैन। संचार इलेक्ट्रोनिक माध्यमबाट हुन्छ र सजाय र जरिवाना वा क्षतिपूर्तिको भुक्तान पनि अनलाइनबाट पूरा गर्न सकिन्छ। यी अदालतहरूलाई येस्तो मुद्दाहरुको निस्तारणको लागि प्रयोग गर्न सकिन्छ जहाँ अभियोगी द्वारा दोषको सक्रिय स्वीकार्यता वा विद्युतीय ढाँचामा समन प्राप्त भएकोमा प्रतिवादीले कारणको सक्रिय अनुपालन गर्छ। त्यस्ता मुद्दाहरुमा जरिवाना तिर्ने बित्तिकै निस्कर्षमा पुगेको ठान्न सकिन्छ।

    भर्चुअल अदालतले प्रभावकारी ढगले निस्कर्ष गर्न सकिने मुद्दाहरूको पहिचान गर्नु आवश्यक भएको हुनाले वर्तमानमा र पाइलट परियोजनाको एक भागका रूपमा निम्न श्रेणीका मुद्दाहरू भर्चुअल अदालतहरूमा गरिन सकने सम्भावना फेला परेको छ:
    १. मोटर वाहन ऐन अन्तर्गत अपराध (ट्राफिक चलान मुद्दाहरु)
    २. साना अपराधहरु जहाँ धारा २०६ अन्तर्गत सम्मन जारी गर्न सकिन्छ

    Visit : http://vcourts.gov.in