Close

    माननीय डाक्टर न्यायमूर्ति धनंजय वाई चन्द्रचुड, भारतका मुख्य न्यायाधीश

    2020082939-ouochc3vg48n67zh41untu8p6n80fjw176qvd94ykw
    • पदनाम: मुख्य-संरक्षक र अध्यक्ष

    माननीय मुख्य न्यायाधीशले सेन्ट स्टीफन्स कलेज, नयाँ दिल्लीबाट अर्थशास्त्रमा सम्मान सहित स्नातक गर्नुभएको छ, वहाले क्याम्पस कानुन सेन्टर, दिल्ली विश्वविद्यालयबाट एल.एल.बी. डिग्री र हार्वर्ड कानुन स्कूल, संयुक्त राज्य अमेरिकाबाट कानुन विषयमा स्नातकोत्तर र एस.जे.डी. प्राप्त गर्नुभएको छ। वहा महाराष्ट्रको बार काउन्सिलमा भर्ना हुनुभयो र मुख्यतया बम्बई उच्च न्यायालय र भारतको सर्वोच्च न्यायालयमा अभ्यास गर्नुभयो। वहा १९९८ मा एक वरिष्ठ अधिवक्ता र भारतको अतिरिक्त सोलिसिटर जनरलको रूपमा नामित हुनुभएको थियो।
    वहा मुम्बई विश्वविद्यालयमा तुलनात्मक संवैधानिक कानून विषयमा भिजिटिङ प्रोफेसर हुनुहुन्थियो।
    उनि अमेरिकाको ओक्लाहोमा विश्वविद्यालय विधि स्कुलमा भिजिटिङ प्रोफेसर हुनुहुन्थियो।
    वहाले अस्ट्रेलियन राष्ट्रीय विश्वविद्यालय, हार्वर्ड विधि स्कूल, येल विधि स्कूल र विटवाटरस्रान्ड विश्वविद्यालय, दक्षिण अफ्रिकामा व्याख्यानहरू दिनुभयोको छ। वहा संयुक्त राष्ट्रसङ्घीयले आयोजित गरेको कार्यक्रमहरुमा लगायत मानव अधिकार उच्चायोग, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम अनी विश्व बैंक र एशियाली विकास बैंक निकायले आयोजना गरेको सम्मेलनहरुमा पनि वक्ता हुनुहुन्थियो।
    वहा मार्च २९, २००० मा बम्बई उच्च न्यायालयको न्यायाधिसको रुपमा नियुक्त हुनुभयो। वहा महाराष्ट्र न्यायिक अकादमीका निर्देशक पनि हुनुहुन्थ्यो।
    वहाले अक्टोबर ३१, २०१३ मा इलाहाबाद उच्च न्यायालयको मुख्य न्यायाधीशको रूपमा शपथ लिनुभयो।
    वहा मय १३, २०१६ मा भारतको सर्वोच्च न्यायालयको न्यायाधीशको रूपमा पदोन्नति हुनुभयो।
    वहाले नोभेम्बर ९, २०२२ मा भारतको मुख्य न्यायाधीशको रूपमा शपथ लिनुभयो।